नियम १४
मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न पुन आदेश दिन सक्ने
नियम १२ वा १३ बमोजिम एकपटक मेलमिलापको प्रक्रियाबाट समाधान गर्न पठाइएको मुद्दामा मेलमिलाप हुन नसकेको अवस्थामा पनि पुन मेलमिलापको प्रक्रिया अपनाउन उपयुक्त र मनासिव छ भन्ने लागेमा र सो कुरामा मुद्दाका पक्षको सहमति भएमा मुद्दा हेर्ने निकायले दोस्रो पटक पनि त्यस्तो मुद्दा मेलमिलापको प्रक्रियाबाट समाधान गर्न आदेश दिन सक्नेछ ।